सर्वोच्चका तीन सवारी चालकमा कोरोना संक्रमण

सर्वोच्च अदालत

काठमाडौँ – सर्वोच्च अदालतका तीन जना सवारी चालकमा कोरोना संक्रमण भएको छ। तीनैजना संक्रमित सवारी चालक रहेको सर्वोच्च स्रोतले जानकारी दियो।

सर्वोच्च स्रोतले उनीहरु सवारी चालकहरुको पुलमा कार्यरत रहेको बताएको छ। उनीहरु कोही पनि न्यायाधीशका ड्राइभरहरु होइनन्,’ एक स्रोतले भन्यो।

तीनैजना सवारी चालकलाई आइसोलेसनमा पठाइसकिएको पनि स्रोतले जानकारी दिएको छ।

सोमबार सर्वोच्च अदालतबाट एक सय जनाको स्वाब परीक्षण गरिएको थियो। यसमध्ये बुधबार ६० जनाको रिपोर्ट आएकोमा तीन जनामा कोरोना पोजिटिभ देखिएको हो।

यसअघि सभामुख अग्नि सापकोटाका सुक्षामा खटिएका एक सवारी चालकमा पनि कोरोना देखिएको थियो।

त्यस्तै, सोमबार अख्तियारका १५ जना सुरक्षाकर्मीसहित १६ जनामा कोरोना संक्रमण देखिएको थियो।

साउन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्