अडानको पन्धौं स्थापना दिवस मनाइयो

काठमाडौँ – नेपाल अडिटर्स एशोसिएशन (अडान) आफ्नो पन्धौं स्थापना दिवस मंगलबार मनाएको छ।

यही अवसरमा संस्थाका अध्यक्ष मोहन राज रेग्मीको अध्यक्षतामा, अर्थ एवं सुचना तथा संचार मन्त्री डा.युवराज खतिवडाको प्रमुख आतिथ्यमा भर्चुवल कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा महालेखापरीक्षक श्री टंकमणि शर्मा (दंगाल), नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) का अध्यक्ष मदनकृष्ण शर्माले अडानको उत्तरउत्तर प्रगातिको कामना गरेका छन्।

कार्यक्रममा एसिसिए ग्लोबलकी लुसीया रियल मार्टीन, एसिसिए ग्लोबल नेपालका प्रमुख रबिन कटवाल, एक्यानका अध्यक्ष आनन्द शर्मा वाग्ले, अडानका पदाधिकारीहरु तथा देशभरका प्रदेश कार्य समिति, जिल्ला कार्य समिति तथा सदस्यहरुले जुम वेभनार मार्फत कार्यक्रममा सहभागीता जनाएका थिए।

अध्यक्ष रेग्मीले कारबाहीमा बराबरी तर ब्यबहारमा रजिष्टर्ड अडिटरमाथिका भेदभाबहरुको अन्त्य हुनु पर्ने बताए। उनले १५ वर्षसम्म निरन्तर सदस्यहरुको क्षमता अभिबृद्धिमा लागेको बताए।

प्रमुख अतिथि अर्थ एवं सुचना तथा संचार मन्त्री डा.युवराज खतिवडाले स्वदेशी एवं विदेशी लगानीकर्तालाई पारदर्शि एवं विश्वसनिय प्रतिवेदनको आवश्यकता भएकोले लेखापरीक्षकहरु भुमिका झन महत्वपुर्ण भएको बताए।

महालेखापरीक्षक टंकमणि शर्मा (दंगाल) ले अडान र एसीसीए बिच भएको सम्झौताबाट एशोसिएसनको अन्तराष्ट्रिय सम्बन्धमा नयाँ आयाम थपिएकोमा खुुसी ब्यक्त गरे।

अडानले महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा दिएको सुझावको स्मरण गर्दै ६१ खर्बको कारोबारको लेखापरीक्षण भएकोमा, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका सदस्यहरुबाट ३५ खर्ब र बाँकी महालेखापरीक्षको कार्यालयबाट लेखापरीक्षण भएको बताए।

नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले यस बर्षको मौद्रिक नीति सफल बानउन लेखापरीक्षकहरुको ठूलो हात रहेकाले सबैले हातेमालो गरी काम गर्दै राज्यको बिकासमा सहयोग गर्नु पर्ने बताए।

साउन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्