सरकारी कर्मचारीहरुलाई निःशुल्क कोरोना बीमा

काठमाडौँ-बीमा समितिले महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट उत्पन्न हुन सक्ने जोखिमलाई आर्थिक सुरक्षण प्रदान गर्न सरकारी कर्मचारीहरुलाई निःशुल्क कोरोना बीमा कार्यक्रमको सुरुवात गरेको छ।

अर्थमन्त्रालयले मंगलबार सो सम्बन्धी कार्यविधि स्वीकृत गरेपछि समितिले बुधबारदेखि सरकारी कर्मचारीलाई निःशुल्क कोरोना बीमा कार्यक्रम सुरु गरेको हो।

यस्तै समितिले सर्वसाधारणको लागि ५० प्रतिशत अनुदानमा कोरोना बीमा गर्ने व्यवस्थाको औपचारिक शुरुवात पनि गरेको छ।

महामारीको रुप लिएको कोरोना भाइरसबाट उत्पन्न हुन सक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न आर्थिक वर्ष २०७७ र ७८ को बजेट बक्तव्यको बुदा ५५र२८५ को कोरोना बीमा सम्बन्धी ब्यवस्थालाई कार्यान्वयन गर्न नेपाल सरकार, अर्थ मन्त्रालयको सहमतिमा बीमा समितिले मापदण्ड बनाई लागु गरेको समितिले जनाएको छ।

समितिबाट इजाजतप्राप्त नेपालका २० वटा बीमा कम्पनीहरु मार्फत विक्री भइरहेको बीमा कोरोना बीमालेख हो।कोरोना बीमाको बीमाङक रकम र बीमा शुल्क एक लाख रुपैयाँ र ५० हजार रुपैयाँ गरी दुई प्रकारको बीमाङक कायम गरिएको ।

एक लाख बीमाङक कायम भएको बीमालेखका लागि प्रति व्यक्ति एक हजार रुपैयाँ र ५० हजार रुपैयाँ बीमाङकका लागि प्रतिव्यक्ति पाँच सय रुपैयाँ बीमा शुल्क कायम गरिएको समितिले जनाएको छ।

समितिले संगोलमा बसेका परिवारका सम्पूर्ण सदस्यहरुको सामुहकि बीमा गरिएको खण्डमा एक लाख रुपैयाँ बीमाङका लागि प्रति व्यक्ति ६ सय रुपैयाँ र ५० हजार बीमाङकका लागि ३ सय रुपैयाँ कायम गरेको छ।

साउन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्