नबिल बैंकको नायब महाप्रबन्धकमा मनोज ज्ञवाली नियुक्त

काठमाडौँ-नबिल बैंकको नायब महाप्रबन्धकमा बैंकर मनोज ज्ञवाली नियुक्त भएका छन्।

ज्ञवालीलाई बुधबारदेखि कार्यभनार समाल्ने गरी बैंकले नियुक्त गरेको हो।

ज्ञवाली बैंकमा चिफ फाइनान्स अफिसरको जिम्मेवारीमा रहने बैकले जनाएको छ।

ज्योति विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले दुई वर्ष र्काकाल बाँकी रहदै बैंक छाडेका थिए।

नेपाल राष्ट्र बैंकबाट करिअर सुरु गरेका बैंकर ज्ञवाली चार्टर्ड एकाउन्टेन पनि हुन्।

साउन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्