एनआइसी एसियाले ल्‍यायो सुपर चमत्कारिक कर्जा, ‘लोन बेनिफिट क्यालकुलेटर’बाट हेर्न सकिने

काठमाडौँ-एनआईसी एसिया बैंकले सुपर चमत्कारिक कर्जाबाट कर्जाको ब्याज तथा किस्ता रकममा प्राप्त गर्न सकिने मासिक तथा वार्षिक फाइदाहरूको विस्तृत विवरण बैंकको वेबसाइटमा रहेको ‘लोन बेनिफिट क्यालकुलेटर’ बाट हेर्न सकिने व्यवस्था गरेको छ।

बैँकले कर्जाको रकम, ब्याजदर, अवधि आदि भरे पश्चात सेवाग्राहीहरूले आफ्नो मासिक ब्याजदरमा बचत, किस्ता रकम तथा कुल रकममा बचत हुने रकमको विवरणका साथै त्यसको वार्षिक हिसाब सरल तरिकाले थाहा पाउन सक्ने जनाएको छ।

बैँकले सेवाग्राहीहरूले आवेदन दिएको ४८ घण्टाभित्र कर्जाको निर्णय दिने व्यवस्था गरेको बताएको छ।

साथै बैँकले ‘फ्लेक्जिबल इएमआई’ मार्फत आफ्नो आर्थिक क्षमता अनुसारको तिर्नसक्ने ‘इएमआइ’ वार्षिक रुपमा आफैले निधारण गरेर भुक्तानी गर्न सक्ने सुविधा ल्याएको जानकारी दिएको छ।

साउन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्