कोरोना संक्रमित एक जना मात्र हुन् : सर्वोच्च

काठमाडौँ – सर्वोच्च अदालतले एक जनामा मात्र कोरोना संक्रमण भएको जनाएको छ।

सोमबार लिएको स्वाव परिक्षणबाट एक जनामा मात्र कोरोना पोजिटिभ देखिएको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए। सर्वोच्चकै स्रोतबाट यसअघि देश सञ्चारले प्राप्त गरेको जानकारी अनुसार तीनजनामा संक्रमण देखिएको थियाे।

प्रवक्ता पोखरेलले भने एक जनामा मात्र संक्रमण देखिएको विज्ञप्ति जारी गरेका हुन्।

उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘बुधबार देश सञ्चार लगायत केही सञ्चार माध्यमहरुमा यस अदालतका माननीय न्यायाधीश ज्यूको नाम जोडिएर प्रकाशन प्रशारण भएको विषयमा कुनै सत्यता नभएको र हालै गरिएको कोरोना परीक्षणबाट संक्रमित देखिएको संख्या १(संख्या) मात्र रहेको व्यहोरा सर्वसाधरणको जानकारीका लागि सूचित गरिएको छ।’

यस्तो छ सर्वोच्चले जारी गरेको विज्ञप्ति

 

साउन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू