विश्‍व बजारमा सुनको मूल्‍य बढेपछि मंगोलियाले ११ टन सुन किन्यो

सांकेतिक तस्बिर

‍उलानबटोर-मंगोलियाको केन्द्रीय बैंकले यस वर्षको पहिलो सात महिनामा ११.३ टन सुन खरिद गरेको छ ।

मुलुकको आर्थिक स्थायित्व सुनिश्चित गर्न सुन खरिद गरिएको बैंक अफ मंगोलियाले जनाएको छ।

मंगोलियामा नौ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा संचित रहेको छ।

बैंकका अनुसार मंगोलियाको यस वर्षको छ महिनाको अवधिमा ३ अर्ब ६० करोड अमेरिकी डलर संचित रहेको छ।

विश्वका सबैजसो केन्द्रीय बैंकले आफ्नो विदेशी मुद्रा संचिती बढेसँगै सुन खरिद गर्ने प्रचलन रहेको छ।

साउन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्