‘र्‍यान्डम स्याम्पलिङ’ मा ८१ जना कोरोना संक्रमित भेटिए

नेपालगञ्ज-क्वारेन्टाइनबाहेक विभिन्न ठाउँको प्रतिनिधित्व हुने गरी गरिएको ‘र्‍यान्डम स्याम्पलिङ’ ८१ जना संक्रमित फेला परेका छन्।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, तीन हजार तीन सय ३८ जनाको ‘ र्‍यान्डम स्याम्पलिङ’ गर्दा ८१ जना संक्रमित फेला परेका हुन्।

दुई हजार दुई सय दुई जनाको ‘र्‍यान्डम स्याम्पलिङ’ जाँच गर्दा ३४ जना संक्रमित भेटिएका थिए। यी संक्रमितको सम्पर्कमा रहेका एक हजार एक सय ३६ जनाको जाँच गर्दा थप ४७ जना फेला परेको फोकलपर्सन श्रेष्ठले जानकारी दिए।

‘र्‍यान्डम स्याम्पलिङ’मा आएका ९८.४६ प्रतिशत, उनीहरुको सम्पर्कमा आएका व्यक्तिको स्याम्पलमा ९५.८६ प्रतिशत नेगेटिभ रिपोर्ट आएको छ।

प्रतिनिधित्वमूलक जाँचमै धेरै जना संक्रमित फेला परेपछि कोरोना समुदायमा फैलिएको विश्वास गरिएको हो। जसका कारण बाँकेमा गएको शनिबारदेखि निषेधाज्ञा लगाइएको छ।

पछिल्लो दिनमा क्वारेन्टाइनमा भन्दा ‘र्‍यान्डम स्याम्पलिङ’ र त्यसबाट आएका पोजिटिभका सम्पर्कवालाको स्वाव लिने काम भइरहेको छ।

साउन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्