जरायोको सिङसहित एकजना पक्राउ

सांकेतिक तस्बिर

राजापुर– बर्दियामा एक थान जरायोको सिङसहित प्रहरीले एक जनालाई आज पक्राउ गरेको छ।

बर्दियाको गुलरिया नगरपालिका– ७ बस्ने ३१ वर्षीय बाबुराम लोधलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी योगेन्द्रकुमार खड्काले जानकारी दिए।

लोधलाई भे १ प २८८४ नम्बरको मोटरसाइकलमा जरायोको सिङ लैजाँदै गरेको अवस्थामा सीमा प्रहरीचौकी मथुराबाट खटिएको प्रहरी टोलीले गुलरिया नगरपालिका–९ बाट पक्राउ गरिएको हो।

जरायोको सिङ, मोटरसाइकलसहित लोधलाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय गुलरिया पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

साउन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू