‘धार्मिक सम्बन्ध भौगोलिक र राजनीतिक नक्साभन्दा माथि हुन्छ’

काठमाडौँ– भारतको अयोध्यामा राम मन्दिरको शिलान्यास भएकोप्रति विश्व हिन्दु महासंघले खुसी व्यक्त गरेको छ।

महासंघले बुधबार विज्ञप्ति जारी गरी अयोध्यामा निर्माण हुने राम मन्दिर विश्वभरीका हिन्दुहरुको आस्थाको धार्मिक तीर्थस्थल बन्ने विश्वास व्यक्त गरेको छ।

‘भगवान रामचन्द्रलाई वैदिक सनातनी हिन्दु धर्मावलम्बीहरु मर्यादा पुरुषोत्तम ठान्दछन्, तसर्थ अयोध्यामा निर्माण हुने श्रीराम मन्दिर संसारभरीका हिन्दुहरुको आस्थाको धार्मिक तीर्थस्थल बन्ने छ भन्ने हाम्रो अटल आस्था र विश्वास रहेको छ। वैदिक सनातन हिन्दु धर्मले निर्माण गरेको हाम्रो आध्यात्मिक तथा धार्मिक सम्बन्ध कुनै पनि भौगोलिक र राजनीतिक नक्साभन्दा माथि रहेको हुँदा हामी नेपालीहरु पनि आजको यस महत्वपूर्ण ऐतिहासिक दिनमा गौरवान्वीत भएका छौँ’, महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको अयोध्यामा राम मन्दिर निर्माणस्थलमा भुमि पुजन तथा शिलान्यास गरेका छन्।

साउन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू