जनकपुरधाममा पनि भूमि पुजनको खुशीयालीमा दिपावली

जनकपुरधाम-भारतको अयोध्यामा राम मन्दिरको भूमि पुजनको खुशीयालीमा जनकपुरधाममा दीपावली मनाइएको छ। जनकपुरधाममा युवाहरु भव्य रुपमा दिप प्रज्वलन गरी मन्दिर निर्माणको खुशीमा दीपावली मनाएका छन्।

जनकपुरधाम स्थित जानकी मन्दिर सहित विभिन्न मठ मन्दिरहरुमा भूमि पुजनको खुशियालीमा जनकपुरधाममा रामधुन बजाउदैँ भजन किर्तन गरेको छ भने साँझमा घर आँगन, सडक पेटिका लगायतका क्षेत्रमा रंगोली बनाएर दिप प्रज्वलन गरिएको छ।

लामो समयदेखि विवादमा रहेको राम मन्दिर निर्माण सम्बन्धमा भारतको सर्वोच्च अदालतले राम मन्दिरको पक्षमा निर्णय सुनाएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूमि पुजन गरेका छन्।

 जानकी मन्दिरका महन्थ अयोध्यामा सरिक भएका छन्। कुल १७५ जनालाई भूमि पुजनमा बोलाइएकोमा नेपालबाट जानकी मन्दिरका महन्थलाई मात्र आमन्त्रित गरिएको थियो।

भगवान रामको मन्दिर बन्ने भएपछि उनको ससुराली जनकपुरधाममा खुशीयाली मनाउँदै भजन किर्तन र दीपावली मनाइएको छ।जनकपुरधाममा जानकीको ठुलो मन्दिर भएपनि ससुरालीमा स्थान नरहेको अवस्थामा आज देखि निर्माण हुन लागेको मन्दिरको खुशीयालीमा आफूहरु दीपावली मनाएको युवा अभियानी शुशिल कर्णले बताए।

उनीसहित युवाहरुले निषेधाज्ञाको बिच सिमित संख्यामा भएपनि जानकी यूवा क्लबले भव्यरुपमा जानकी चोकमा दिप प्रज्वलन सहित रंगौली बनाएर उत्सव मनाएका छन्।

राम मन्दिर भूमि पुजनको अवसरमा जानकी मन्दिरमा भजन किर्तन गरेको र साँझमा दीपावली समेत मनाएको जानकी मन्दिरका पुजारी ऋषिकेश झाले बताए।

 

साउन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्