राष्ट्रपति भण्डारीसँग छलफल गर्न प्रधानमन्त्री ओली शितल निवासमा

फाइल फोटो

काठमाडौँ – राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेटवार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवन शितल निवास पुगेका छन्। नेकपाभित्र विवाद बढ्दा प्रायः जसो राष्ट्रपति कार्यालय पुग्ने आली बुधबार साँझ ८ बजेतिर पनि शितल निवास पुगेका हुन्।

ओलीलाई उनी इतर खेमाले दुवै पदबाट राजीनामा दिन दबाब दिएपछि नेकपाभित्रको विवाद डेड महिनादेखि उत्कर्षमा छ।

पार्टी भित्रको विवादमा राष्ट्रपति भण्डारीले अनाआवश्यक चासो व्यक्ति गर्दै ओलीको पक्षधरता लिँदै आएको गुनासो स्वयम् नेकपाका नेताहरु गरिहरेका छन्।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता हुनु स्वभाविक हुने भए पनि नेकपाभित्र शक्ति संघर्ष बढिरहँदा भण्डारीले ओलीलाई पदीय गरिमा बिर्सेर सहयोग गरिरहेको चर्चा हुँदै आएको छ।

बुधबार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग हुने भनिएको छलफल अन्तिम समयमा रोकिएको थियो।

ओलीसँगको छलफल रोकेर दाहालसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, मावधकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरु आन्तरिक रणनीति बनाउन लागेपछि ओली पनि शितल निवास पुगेका हुन्।

विवादका कारण असार १८ गतेदेखि स्थगित हुँदै आएको स्थायी समिति बैठक साउन १३ गतेदेखि झन अनिश्चत बनेको छ।

साउन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू