भोलिदेखि राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँड्न नपाइने

फाइल तस्बिर।

काठमडौँ – कोरोना संक्रमणलाई न्यूनीकरण गर्न सरकारले भोलि (बिहीबार) देखि राति ९ बजेदेखि ५ बजेसम्म हिँड्न नपाइने नियम लागू गरेको छ।

गृह मन्त्रालयले बुधबार एक सूचना जारी गरी यसबारे जानकारी गराएको हो। त्यस्तै काठमाडौँ उपत्यका र २ सय जना भन्दा बढी संक्रमित भएका जिल्लामा जोर विजोर प्रणाली पनि लागू गरेको छ।

सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको हो।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाका अनुसार राति राति बाहिरी जिल्लाबाट सवारी आवागन धेरै हुने भएकाले संक्रमण रोक्न गृहले यस्तो नियम लागू गरेको हो।

अत्याआवश्यक बाहेक सार्वजनिक र निजी सवारी साधान जोर गते जोर नम्बर भएका र विजोर गते विजोर नम्बर भएका सञ्चालन गर्न पाइनेछ। भदौ १ गतेदेखि लामो दूरीको सवारी साधान चलाउने तयारी भइरहेका बेला जोर विजोर लागू गरिएको हो।

त्यस्तै सरकारले कार्यक्रम, सेमिनार, भोजलगायतमा पनि रोक लगाएको छ।

त्यस्तै जोखिम बढेको जिल्लामा कोभिड संकट व्यवस्थापन केन्द्रले निर्णय गरी तत्काल बन्द गराउने र कोरोनाको बढी परीक्षणको व्यवस्था गर्ने पनि गृह मन्त्रालयले जानकारी गराएको छ।

साउन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्