म्यानचेस्टर युनाइटेड पुग्यो युरोपा लिगको क्वाटरफाइनलमा

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड शानदार जितसहित युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

अन्तिम १६ को दोस्रो लेगमा बुधबार राति अस्ट्रियन क्लब एलएएसकेलाई २–१ ले पराजित गरेर समग्रमा ७–१ को जितसहित युनाइटेड अन्तिम ८ मा पुगेको हो । पहिले लेगमा युनाइटेड ५–० ले विजयी भएको थियो ।

बुधबार राति भएको दोस्रो लेगमा पछि परेको युनाइटेडले पुनरागमन गरी जित दर्ता गरेको हो । एलएएसकेका लागि ५५ औँ मिनेटमा कप्तान फिलिप विइसिन्जरले गोल गरेर सुरुवाति अग्रता दिलाए ।

त्यसको दुई मिनेटपछि जेसी लिङ्गार्डले गोल गरेर म्यानचेस्टर युनाइटेडका लागि । ८८ औँ मिनेटमा एन्थोनी मार्सलले गोल गरेसँगै दोस्रो लेगमा युनाइटेड २–१ ले विजयी भयो ।

सेमिफाइनल प्रवेशका लागि युनाइटेडले एफसी कोपनहेगनसँग प्रतिस्पर्धा गर्ने छ । इस्थानबुल बासाक्सेहिरलाई समग्रमा ३–१ ले पराजित गरेर कोपनहेगनले पनि अन्तिम ८ मा स्थान बनाएको छ।

साउन २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्