लुकाकु र एरिक्सनको गोलले इन्टर मिलान पुग्यो क्वाटरफाइनलमा

इन्टर मिलान युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको भएको छ । अन्तिम १६ को अन्तर्गत बुधबार राति भएको खेलमा इटालियन क्लब इन्टर मिलानले गेटाफेमाथि २–० को जित दर्ता गरेको हो ।

इन्टरले पहिलो हाफमा एक तथा दोस्रो हाफमा थप एक गोल गरेको हो । ३३ औँ मिनेटमा रामेलु लुकाकुले गोल गरेर इन्टरलाई सुरुवाति अग्रता दिलाए । यस्तै ८३ औँ मिनेटमा क्रिष्टियन एरिक्सनले गोल गरेर इन्टरलाई २–० को जित दिलाएका हुन् ।

पहिलो लेग कोरोना भाइरसको महामारीका कारण रद्द भएकाले दोस्रो लेगकै खेलबाट इन्टर मिलान अन्तिम ८ मा पुगेको हो । उसले सेमिफाइनल प्रवेशका लागि बायर लेभरकुजन वा रेन्जरको सामना गर्ने छन् ।

साउन २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू