एलेक्स सान्चेजलाई अनुबन्ध गर्ने प्रक्रियाको अन्तिम चरणमा इन्टर मिलान

इटालियन क्लब इन्टर मिलानले एलेक्स सान्चेजलाई स्थायी रुपमै क्लबमा राख्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट लोनमा इन्टर मिलान गएका सान्चेजलाई इटालियन क्लबले स्थायी रुपमा अनुबन्ध गर्न लागेको हो ।

चिलेका खेलाडी ३१ वर्षे सान्चेज गएको वर्षको अगस्टमा एक सिजनका लागि लागि लोनमा इन्टर गएका थिए । इन्टरबाट सबै प्रतियोगितामा गरेर २९ खेल खेलेका उनले चार गोल गरेका छन् ।

इन्टरले सान्चेज युरोपा लिगको क्वाटरफाइनलमा उपलब्ध हुने गरी अनुबन्धन प्रक्रिया सक्ने तयारी गरेको छ।

सन् २०१८ मा आर्सनलबाट म्यानचेस्टर युनाइटेड आएका सान्चेजले ४५ खेलमा मात्रै पाँच गोल गरे । युनाइटेडमा राम्रो गर्न नसकेका उनले इन्टर मिलानमा भने राम्रो गरिरहेका छन् ।

साउन २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू