म्यानचेस्टर सिटीले बोर्नमाउथका डिफेन्डर नाथनलाई अनुबन्धित गर्‍यो

म्यानचेस्टर सिटीले बोर्नमाउथका सेन्टर–ब्याक डिफेन्टर नाथन आकेलाई अनुबन्धित गरेको छ।

नेदरल्याण्डसका नाथनलाई सिटीले ४० मिलियन पाउण्डमा अनुबन्धित गरेको हो । उनले सिटीसँग पाँच वर्षको सम्झौता गरेका छन् । २५ वर्षका नाथनले पेप गार्डिवलाको टिमबाट खेल्नु सपना रहेको र अब त्यो सपना पूरा हुने बताएका छन् ।

यो समरमा सिटीले अनुबिन्धत गरेका उनी दोस्रो खेलाडी हुन् । यसअघि पेपको टिमले भ्यालेन्सियाका वेङ्गर फेरान तोरेसलाई २१ मिलियन पाउण्डमा क्लब भित्र्याएको थियो ।

साउन २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू