मोरङ – विराटनगर महानगरपालिकामा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार अबेर राति आएको रिपोर्ट अनुसार पाँच महिला र ८ पुरुषमा संक्रमण देखिएको हो।

संक्रमित हुनेहरु महानगरपालिकाको वडा नम्बर २, ६, ७, ८, १०, ११, र १३ का रहेको महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले बताए । संक्रमितको पहिचान तथा खोजीका लागि बिहानदेखि टोली खटिएको उनले बताए ।

अब वीराटनगर महानगरपालिकामा संक्रमितको संख्या १ सय ८३ पुगेको छ । त्यसमध्ये ४२ जना भने संक्रमण मुक्त भएर घर फर्किसकेका छन् । महानगरपालिका भित्र वडा नम्बर ५ र ९ का दुईजना संक्रमितको मृत्यु भएको छ ।

साउन २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्