प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण

जनकपुरधाम – प्रदेश २ सरकारका एक मन्त्रीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवमा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधबार बेलुका आएको रिपोर्टमा आफूमा कोरोना संक्रमण पुष्टि भएको मन्त्री यादवले देश सञ्चारलाई बताए।

गएको साउन १८ गते काठमाडौँबाट फर्केर १९ गते स्वाब संकलन गराएका उनको रिपोर्ट पोजेटिभ आएको हो । कोरोना संक्रमण पुष्टि भए पनि आफूमा कुनै लक्षण नरहेको उनले बताए ।

उनले भने, ‘हिजो मेरो रिपोर्ट पनि पोजेटिभ आएको छ । तर डराउनु पर्ने आवश्यकता छैन । सर्तकता अपनाई यससँग अहिले लड्नु पर्छ छ ।’
उनले आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन सबैसँग अपिल गरेका छन् । उनी अहिले मन्त्रालयको निवासममै आइसोलेशनमा छन् ।

प्रदेश २ मा ५ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाको कारण २१ जनाको मृृत्यु समेत भइसकेको छ ।

साउन २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्