रेमिट्यान्स रकम भुक्तानीका लागि मुक्तिनाथ र एनसिसी बैंकबिच सम्झौता

काठमाडौँ – मुक्तिनाथ विकास बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंकबिच रेमिट्यान्स रकम भुक्तानीका लागि सम्झौता भएको छ ।

उक्त सम्झौता बमोजिम मुक्तिनाथ रेमिटमा आएको रकम नेपाल क्रेडिट एण्ड कमर्स बैंकको करिब १२७ शाखाबाट सजिलै भुक्तानी गर्न सकिनेछ ।

सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग र नेपाल क्रेडिट एण्ड कमर्स बैैंकको तर्फबाट बैैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले हस्ताक्षर गरे ।

यस सुविधाबाट बैंकका सेवाग्राहीहरु लाई थप लाभ हुने अपेक्षा गरिएको छ । मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखा मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आएको छ ।

साउन २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्