अहमदावादको कोरोना विशेष अस्पतालमा आगलागी, ८ जनाको मृत्यु

भारत गुजरातको अहमदावादस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी हुँदा ८ जना बिरामीको मृत्यु भएको छ । मृत्यु हुने मध्ये तीनजना महिला रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नवरंगापुर क्षेत्रमा रहेको श्रेय अस्पतालमा बिहीबार बिहान करिब तीन बजेतिर आगलागी भएको स्थानीय अधिकारीले बताएका छन् । विद्युत सट सर्किटका कारण आगलागी भएको हो ।

एक घण्टाभित्रै आगो नियन्त्रणमा लिइएको भए पनि भागदौडका कारण ८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

आगलागीपछि सो अस्पतालमा रहेका ४० जना संक्रमितलाई नजिकैको अर्को अस्पतालमा सारिएको छ । आगो नियन्त्रणमा खटिएका सबै अग्निनियन्त्रकलाई क्वारेन्टिनमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साउन २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्