प्रदेश १ का आन्तरिक मामिला मन्त्री पीसीआर परीक्षणको तयारीमा

मोरङ-प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा उपस्थित प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोभिड १९ संक्रमण पुष्टि भएपछि चर्चा सुरु भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा उच्चपदस्थ पदाधिकारी सहभागि थिए । सोही बैठकमा प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले सहभागी थिए। प्रदेश २ का मन्त्रीको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि मन्त्री कार्कीले पनि स्वाब नमूना संकलनको कार्य तयारी गरिरहेको बताए।

मन्त्री कार्कीले आज र भोलिभित्र आफ्नो स्वाब नमूना संकलन गर्ने बताएका छन्। केहीदिन अघि विराटनगर आएर मन्त्रालयको काममा व्‍यस्त रहदै आएका मन्त्री कार्की कोभिड १९ को रोकथामका लागि योजना र कार्यान्वयनमा ब्यस्त रहदै आएका छन्।

प्रदेश २ का मन्त्री यादवले काठमाडौंमा सम्पन्न बैठकको तस्विर साउन १५ गते राती १२ बजेर ३२ मिनेटमा फेसबुकमा शेयर गरेकाछन् । सो तस्विरमा मन्त्री कार्की र मन्त्री यादव दुवै नजिक उभिएका छन्।

सामाजिक सञ्जालमा अपलोड गरिएको तस्विरमा प्रधानमन्त्री, गृहमन्त्री देखि सुरक्षा निकायका उच्च पदथस्थको सहभागिता देखिएकाछन्। मन्त्री यादवले बैठकमा सहभागिता जनाउने क्रममा मास्क र समाजिक दुरी कायम गरेको बताएका छन्।

तस्विरका लागि आफू नजिक जस्तो देखिएपछि सबैजना सतर्क र सजग रहेको उनको भनाइ छ। यसअघि विभिन्न कार्यक्रममा गइरहदाँ परिक्षण गर्दै आएको बताएका मन्त्री यादवले मन्त्रालयका दुईजना कर्मचारीमा पोजेटिभ देखिएपछि परिक्षण गरेको बताए।

कोभिड १९ को लक्षण नदेखिएको बताएका उनले काठमार्डौको बैठक सम्पन्न गरि साउन १८ गते मन्त्रालय फर्किएको जानकारी दिए।

साउन २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू