बुटवल-कपिलवस्तुमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाका अनुसार साउन १९ गते समुदायस्तरमा संकलन गरिएको नमूनामध्ये २१ जनामा संक्रमण पुष्टि भएको हो।

कपिलवस्तु नगरपालिका तौलिहवाका २० जना हुन् भने मायादेवी गाउँपालिकाका १ जनामा संक्रमण भएको हो।

तौलिहवाका ९ जना बैंक तथा वित्तिय संस्थाका कर्मचारी हुन्। गुहेश्वरी फाइनान्सका ४ जना, ग्लोबल आइएमइका ३ जना, कृषि विकास बैंकका १ जना र मेघा बैंकका १ जनामा संक्रमण पुष्टि भएको हो।

तौलिहवाकै २ जना निजी मेडिकल सञ्चालक, गैरसरकारी सस्थामा कार्यरत ३ जना, स्वास्थकर्मी १ जना, शिक्षक २ जना र अन्य बजार क्षेत्रका सर्वसाधारण रहेको थापाले बताए। योसंगै कपिलवस्तु जिल्लामा संक्रमितको संख्या ८४० पुगेको छ।

साउन २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्