अर्थतन्त्रमा कोभिड १९को प्रभाव

लकडाउनमा निजी क्षेत्रमा काम गर्ने २२.५ प्रतिशतले रोजगारी गुमाए

काठमाडौं- कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि निजी क्षेत्रमा काम गर्ने २२ दशमलव ५ प्रतिशत मानिसहरुले रोजगारी गुमाएका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी सर्वेक्षण प्रतिवेदन’ अनुसार २२ दशमलव ५ प्रतिशत कर्मचारी-कामदारहरुले रोजगारी गुमाएका छन्। यो अवधिमा होटल, रेस्टुरेन्ट क्षेत्रमा सबैभन्दा बढी कर्मचारी÷कामदारहरु कटौति भएको पाइएको छ।

त्यस्तै घरेलु उद्योग, लघु उद्यम लगायतका खुद्रा व्यापारिक क्षेत्रमा सबैभन्दा धेरै कामदार कटौति भएको राष्ट्र बैंकले जनाएको छ। लकडाउनको अवधिमा ४ प्रतिशत उद्योग व्यवसाय पूर्ण रुपमा र ३५ प्रतिशत आंशिक रुपमा सञ्चालनमा रहेका छन्।

त्यसबाहेक ६१ प्रतिशत उद्योग व्यवसायहरु पूर्णरुपमा बन्द भएका छन्। अधिकांश उद्योग/व्यवसायहरु बन्दा हुँदा अर्थतन्त्रमा गहिरो असर परेको निष्कर्ष राष्ट्र बैंकले सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनको रहेको छ।

लकडाउनको अवधिमा उद्योग÷व्यवसायहरुले औसतमा १८ दशमलव २ प्रतिशत तलब कटौती गरेका छन्। अन्य सुविधामा पनि उल्लेख्य कटौति गरेको प्रतिवेदनमा उल्लेख छ। यो अधिमा उद्योग व्यवसायहरुले औसतमा ७३ दशमलव ८ प्रतिशत उत्पादन/कारोबार घटेको बताएका छन्।

ठूलो परिमाणमा उद्योग/व्यवसायहरुको उत्पादन घटनुले आर्थिक क्रियाकलापमा उल्लेख कमि आएको पुष्टि हुने राष्ट्र बैंकको निष्कर्ष छ।सर्वेक्षणले अधिकांश उद्योग व्यवसायहरुले नेपाल सरकारले बजेटमा व्यवस्था गरे अनुसार ५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराए रोजगारीलाई पूर्ण रुपमा निरन्तरता दिन सक्ने देखाएको छ।

साउन २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू