प्रचण्ड निवासमा खटिएका ६ सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ललितपुरको खुमलटारस्थित निवासमा सुरक्षाका लागि खटिएका ६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

प्रहरी अस्पतालमा गरिएको परीक्षणमा ६ जना प्रहरीमा संक्रमण देखिएको हो ।

बुधबार प्रचण्ड निवासका सबै सदस्यहरु र सुरक्षाकर्मीहरुमा कोरोना परीक्षण गरिएकामा बिहीबार ६ जना सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको सुरक्षा स्रोतले जानकारी दिएको छ।

प्रचण्ड निवासको गेटमा खटिएका सुरक्षाकर्मीमा संक्रमण देखिएको स्रोतले जानकारी दिएको छ ।

साउन २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू