सुनको मूल्‍य बिहीबार प्रतितोला १ लाख २ हजार पाँच सय

काठमाडौं-लकडाउन खुलेपछि निरन्तर उकालो लागेको सुनको भाउले बिहिबार पनि नयाँ रेकर्ड कायम गरेको छ।

कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमा पारेको असरका कारण सुन बजारमा लगानी गर्नेहरुको संख्या बढेकाले सुनको मूल्य बढेको व्यवसायीहरु बताउँदै आएका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको भाउ प्रतितोला १ लाख २ हजार ५०० पुगेको छ। बुधबार सुनको मुल्य तोलाको १ लाख १ हजार ४०० रुपैँया थियो।

यस्तै तेजावी सुनको मूल्य पनि एक लाख २ हजार पुगेको छ। बुधबार तेजावी सुनको मुल्य १ लाख ९ सय रुपैँया थियो।यस्तै चाँदीको मूल्य पनि तोलाको १३ सय ४५ पुगेको छ।

सुनको मूल्य लगातार बढ्दै जाँदा कारोबार भने कम भएको व्यवसायीले बताएका छन्।

साउन २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्