प्रहरी प्रधान कार्यालयमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८५ पुग्यो

काठमाडौं- राजधानीको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत थप १० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै प्रहरी प्रधान कार्यालयमा संक्रमित प्रहरीको संख्या ८५ पुगेको छ। प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले केही दिन अघि स्वाब लिइएकामध्ये १० जनाको पोजेटिभ रिपोर्ट बिहीबार आइपुगेको बताए।

बिहीबार नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत २२ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो।

साउन २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू