नेटफ्लिक्सको डकुमेन्ट्री ‘औड्री एण्ड डेजी’की पात्र डेजी कोलेम्यानले गरिन् आत्महत्‍या

एजेन्सी-नेटफ्लिक्सको डकुमेन्ट्री ‘औड्री एण्ड डेजी’की पात्र डेजी कोलेम्यानले आत्महत्या गरेकी छिन्।उनकी आमाले सामाजिक सञ्‍जालमार्फत छोरीले बुधवार आत्महत्‍या गरेको जानकारी दिएकी  छिन्।

उनकी आमा मेलिन्डा कोलेम्यानले तीनै पीडकहरूले दिएको चोट हालसम्म ठीक नभएको जनाएकी छन्। फेसबुकमा लेखेकी छिन्,’उनी एक असल साथी र उत्कृष्ट छोरी थिइँ। उसलाई लागेको थियो होला म ऊ बिना बाँच्न सक्छु।तर, सक्दिँन।’

मेलिन्डाले आफूले छोरीको पीडा लिन सकेको भए यस्तो घटना नघट्ने अनुमान समेत गरेकी छिन्। पीडकको राजनीतिक पहुँच र पैसाका कारण आफ्नो छोरी अन्यायमा परेको र नतिजा स्वरुप उनले आत्महत्या गरेको दावी गरेकी छिन्।

२३ वर्षीय डेजी यौन हिंसाको पीडित हुन् भने १४ वर्षको हुँदा उनी बलात्कारको सिकार भएकी थिइन्। मिसौरीको म्यारीभिलामा एक पार्टी सकिएपछि उनलाई रक्सी खुवाएर दुर्व्यवहार भएको थियो।

उनले त्यतिबेला १७ वर्षीय म्याथिउ बार्नेटविरुद्ध उजुरी दिएकी थिइन्। तर, किशोरावस्थामा रहेका आरोपित पीडकविरुद्धको उजुरी केही समयमै खारेज गरिएको थियो।

साउन २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्