हुम्लाका विद्यालयमा दुई सिफ्टमा पढाइ सुरु

मास्क सही तरिकाले लगाउँदा संक्रमण हुने र संक्रमण सर्ने सम्भावना अति नै कम हुन्छ ।

सिमकोट-हिमाली जिल्ला हुम्लाका विद्यालयमा बिहानी र दिउसो गरी दुई सिफ्टमा पढाई सुरु भएको छ।

कोरोना संक्रमणको त्रासका कारण जनस्वास्थ्यको सुरक्षा बिधि अपनाउन दुई सिफ्टमा पढाई सुरु गर्नु परेको विद्यालयले जनाएका हुन।

हिमाली जिल्ला हुम्लामा बिहीबारसम्म पचपन्न दशमलव त्रिसट्टी सरकारी तथा नीजि विद्यालयमा पठन पाठन सुरु भएको छ।

चार महिना भन्दा बढी समय विद्यालय बन्द हुदा पनि जिल्लामा कोरोना संक्रमण नदेखिदा गाउँपालिकाहरुले पढाई सुचारु गर्ने निर्णय गरे अनुसार पठन पाठन सुरु भएको हो।

सिमकोट गाउँपालिकाको बाल मन्दिर माविका प्रधानाध्यापक कैलाश रोकायाका अनुसार गाउँपालिकाका २३ वटा सामुदायिक तथा पाँच वटा नीजि विद्यालय गरि २८ वटा विद्यालयमा बिहीबारबाट एकसाथ पठन पाठन सुरु भएको छ।

पठन पाठन सुरु भएका विद्यालयहरुमा जनस्वास्थ्यका सुरक्षा मापदण्ड र अन्य सुरुका बिधि अपनाएर पठन पाठन सुरु गरिएको छ।विद्यालयमा पठन पाठन सुरु गर्न गाउँ पालिकाले निर्णय गरेको थियो। प्रधानाध्यापक कैलाश रोकायाले विद्यालयमा बिहान र दिउसो गरि दुई सिफ्टमा पठन पाठन सुरु भएको बताए।

पठन पाठनका बेला विधार्थीलाई एउटा बेन्चमा दुई जना बस्ने र अनिबार्य शिक्षक र विधार्थीले माक्स प्रयोग गर्ने पर्ने गरिएको छ । पाँच सय विधार्थी अध्ययन गर्ने उक्त विद्यालयमा यस अघि क्वारेन्टिन रहदै आएको कारण सेनिटाईजिङ गरेर निर्मुलीकरण गरिएको थियो।

हुम्लामा कुल १४२ सरकारी र नीजि विद्यालयहरु रहेका छन्। त्यस मध्य खार्पुनाथका १७, नाम्खाका १६ र ताँजाकोट गाउँपालिकाका १८ वटा विद्यालयमा यस अघि नै पठन पाठन सुरु भै सकेको छ अब हुम्लाका चार वटा गाउँपालिकाका ७९ विद्यालयमा पठन पाठन सुरु भएपछि पचपन्न प्रतिशत विद्यालयमा पठन पाठन सुरु भएको छ।

ताँजाकोट गाउँपालिका शिक्षा शाखाका प्रमुख जयरुद्र ढकालका अनुसार पठन पाठन सुरु भएका सबै विद्यालयमा सुरक्षाका विधि र सामाजिक दूरी कायम गरि पठन पाठन गरिएको छ।त्यसैगरी केही विद्यालयले सावुन पानीले हात धुने व्‍यवस्था पनि गरेका छन्।

अब हुम्लाका सर्केगार्ड, चंखेली र अदानचुली गाउँपालिकाका गरि ७३ वटा विद्यालयमा पठन पाठन हुन बाँकी रहेको छ।

अहिले पठन पाठन भएका विद्यालयबाट आठ हजार भन्दा बढी विद्यार्थी प्रत्यक्ष लावान्भित भएका छन्। कोरोना त्रासको डरले जिल्लामा आएका कतिपय विधार्थीहरुले पनि हुम्लामा पढाइ सुरु गरेका छन्।

साउन २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्