लकडाउनको सम्भावनाबारे सरकारका प्रवक्ताले भने – लकडाउन गर्नेबारे हामीले सोचेका छैनौँ

फाइल तस्बिर।

काठमाडौं- सरकारका प्रवक्ता युवराज खतिवडाले तत्काल लकडाउनको सम्भावना नरहेको संकेत गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विज्ञहरुले दिएको सुझाव स्मरण गर्दै खतिवडाले भने- विज्ञहरुले पछिल्लो ६ महिनाको तथ्यांक देखाउँदै मान्छेलाई मार्ने रोगहरुको सूचीमा कोरोना ५० औँ नम्बरमा देखाउनु भएको छ अर्थात धेरै मान्छे अरु नै कारणले मरिरहेका छन्।

अहिलेको अवस्थामा जनताको स्वास्थ्यलाई मात्र नभएर आर्थिक अवस्थालाई पनि हेर्नुपर्ने स्थिती रहेको उनले बताए।

अर्थमन्त्रीसमेत खतिवडाले भने- चैत १० गते सरकार जुन हिसाबले लकडाउनमा जाने निर्णयमा पुगेको थियो, त्यो तरिकाले अहिले सोचेको छैन। कोरोना संक्रमण बढी भएको ठाउँमा कडाइ भने गरिन्छ। यो काम जिल्ला प्रशासन र स्थानीय निकायले गर्छन्।

साउन २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू