प्रदेश-१ मा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि

मोरङ-प्रदेश १ को पाँच जिल्लामा गरी कोरोनाभाइरस कोभिड १९ का कुल ६६ जना संक्रमित पुष्टि भएका छन्।

विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार मोरङमा २४, सुनसरीमा १९, ईलाममा १५ र झापामा ८ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगर महानगरपालिकामा १० महिला र ११ पुरुष, बेलबारी नगरपालिकामा २ पुरुष र रंगेली नगरपालिकामा १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ।

त्यसैगरि, सुनसरीको धरान उपमहानगरपालिकामा ११ पुरुष जना र ३ महिलामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार इटहरी उपमहानगरपालिकामा ४ पुरुष १ महिला, इलामको इलाम नगरपालिकामा १५ पुरुष, झापाको मेचीनगरमा ७ पुरुष, १ महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । यससंगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ५५ पुगेको छ।

प्रदेशबाट १८ जना संक्रमित सफल उपचारपछि डिस्चार्ज भएको मन्त्रालय जनाएको छ।

पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट १२ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका छन्।

डिस्चार्ज हुनेमा झापाका ९, मोरंगका ६, धनकुटा, सुनसरी र पाँचथरका समान १ जना रहेका छन्। प्रदेशमा डिस्चार्ज हुनेको संख्या ९ सय ५ पुगेको छ।

साउन २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू