भदौ १ देखि लामो दुरीका सवारी साधन र हवाई उडान खुला नगर्न दबाब- सरकारका प्रवक्ता

फाइल तस्बिर।

काठमाडौं- सरकारले भदौ १ गतेबाट लामो दुरीका सवारी साधन र हवाई उडान सन्चालन हुने सम्भावना तत्काल नदेखिएको बताएका छन्।

सरकारका निर्णयहरु सुनाउँदै अर्थमन्त्रीसमेत रहेका प्रवक्ता युवराज खतिवडाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने- अहिले जुन परिस्थिति देखिएको छ त्यस हिसाबले भदौ १ देखि लामो दुरीका सवारी साधन र हवाई उडान सन्चालन हुने स्थिती देखिएको छैन।

सरकारले केही साता अघि भदौ १ गतेदेखि लामो दुरीका सवारी साधन र हवाई उडान खुला गर्ने निर्णय गरेको थियो।

साउन २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्