कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६५ पुग्यो

काठमाडौँ– नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङ, सर्लाही, धनुषा र सप्तरीमा थप ५ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुगेको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङको रंगेली नगरपालिका ८ का ४५ वर्षिय पुरुषको बुधबार मृत्यु भएको थियो। ज्वरो र स्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि कोसी अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो।

यस्तै मोरङको विराटनगर महानगरपालिका ४५ वर्षका पुरुषको पनि कोसी अस्पतालमै बुधबार नै उपचारका क्रममा मृत्यु भएको थियो।

सर्लाहीको मलंगवा ८ का ६५ वर्षिया वृद्धाको बुधबार सशस्त्र प्रहरी बलको अस्पताल बलम्बुमा उपचारका क्रममा निधन भएको प्रवक्ता डा. गाैतमले बताए।

यस्तै धनुषा मिथिला नगरपालिका १० का ७२ वर्षिया वृद्धाको साउन १७ गते उपचारका क्रममा ओम अस्पतलामा काठमाडौंमा मृत्यु भएको हो। दम उच्च रक्तचापका बिरामी उनमा निमोनियाको पनि समस्या थियो।

यस्तै सप्तरीका ४२ वर्षिय पुरुषको पनि बुधबार निधन भएको प्रवक्ता डा. गौतमले बताए।

साउन २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्