काठमाडौँको ओम अस्पतालमा कोरोना संक्रमणका कारण एक महिलाको ज्यान गयो

काठमाडौँ– कोरोना भाइरस संक्रमणका कारण काठमाडौँको ओम अस्पातलमा एक जनाको मृत्यु भएको छ।
चाबहिलस्थित ओम अस्पताल उपचारका क्रममा बुधबार मृत्यु भएकी धनुषाकी ७२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो।
श्वासप्रश्वासमा समस्या आएपछि उनलाई ५ दिन अगाडि आइसियूमा भर्ना गरिएको अस्पतालले जनाएको छ।
मृतक दम, उच्च रत्तचाप, होइपोथाइरोडिजमकी विरामी थिइन्।
उनीसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६५ पुगेको छ।
साउन २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्