कलैया अस्पतालका चिकित्सक र नर्ससहित १०जनामा कोरोना संक्रमण पुष्टि

पर्सा-बारामा एक जना डाक्टर, नर्स र कर्चारीसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।जिल्ला अस्पताल कलैयामा कार्यरत रहेका एक जना डाक्टर ,नर्स ,अन्‍य कर्मचारीसहित थप १० जनामा कोरोना संक्रमण देखिएको बाराका प्रबक्ता गौतम मिश्रले जानकारी दिए।

उनका अुसार लक्षण देखिएका सबैको स्वाव संकलन गरी बीरगन्जको नारायणी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो।

कलैया अस्पतालमै कर्यरत एक जना एक्सरे गर्ने स्वास्थ्यकर्मी,दुई जना नर्स,अस्पतालको फार्मेसीमा काम गर्ने एक स्वास्थ्यकर्मी र दुई जना स्विपर एक महिला एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै जीतपुर सिमरा उप महानगरपालिकाका एक,कलैयाका एक,देवताल गाउँपालिका एकजनामा समेत कोरोना संक्रमण देखिएको हो।

संक्रमण देखिएका सबैलाई कलैयास्थित आइसोलेसनमा ल्याउने कार्य भइ रहेको प्रहरी प्रबक्ता मिश्रको भनाइ छ।

साउन २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू