दाङका फ्रन्टलाइनरलाई १२ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण

दाङ-कोरोना भाइरस नियन्त्रणको लागी पहिलो पंक्तिमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधिलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ।

नेपाली कांग्रेसकी नेत्री आरजु देउवा लगायतका केन्द्रिय नेता तथा सामाजिक अभियन्ताले स्वास्थ्य सामाग्री सहयोग गरेका थिए।

नेपाली कांग्रेसका नेता दिवंगत खुमबहादुर खड्काका छोरा अनुराग खड्काले १२ लाख मुल्य बढीको स्वास्थ्य सामाग्री लिएर गृह जिल्ला आएका थिए। नेपाली कांग्रेसका केन्द्रिय सदस्य योगेन्द्र चौधरीको बिशेष उपस्थितिमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ।

सिमा प्रहरी चौकी कोइलावास, सशस्त्र प्रहरी बल सुरक्षा कार्यालय कोइलावास, राजपुर गाउँपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका, ईलाका प्रहरी कार्यालय भालुवाङ, सशस्त्र प्रहरी कार्यालय भालुवाङ लगायत स्वास्थ्य संस्थालाई सामाग्री वितण गरिएको हो।

सामाग्री वितरण गर्न कांग्रेसका केन्द्रिय सदस्य योगेन्द्र चौधरी, क्षेत्रिय सभापती भेषराज पाण्डे, महासमिति सदस्य जानकीलाल बस्नेत, अनुराग यादव, कर्णबहादुर बुढाथोकी, खुमबहादुर खड्काका छोरा अनुराग खड्का, प्रदेश निर्वाचन क्षेत्रका(ख)का सभापती देवांगजन चौधरी, (क)का सभापती ताराबहादुर डिसी, प्रताप खड्का लगायतको उपस्थिती रहेको थियो

साउन २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्