सूर्य नेपालको नयाँ अगरबत्ती ‘मंगलदीप त्रिसारा’ बजारमा

काठमाडौँ– सूर्य नेपाल प्रा.लि ले ‘मंगलदीप त्रिसारा’ नामक नयाँ अगरबत्ती बजारमा ल्याएको छ। मंगलदीप अगरबत्तीको सफलतापछि कम्पनीले ‘मंगलदीप त्रिसारा’ अगरबत्ती बजारमा ल्याएको हो।

उक्त अगरबत्तीको मूल्य प्रतिप्याक एक सय रुपैयाँ पर्ने कम्पनीले जनाएको छ। जिपलक प्याकमा १८० काँटी उपलब्ध हुनेछन् । जिपलकले गर्दा काँटीको गुणस्तरियता, सुगन्ध लामो समयसम्म टिक्ने कम्पनीले जानकारी दिएको छ।

त्रिसरालाई सुपर सेभर प्याकको रुपमा प्रवर्द्धन गर्ने निर्णय कम्पनीले गरेको छ।

सूर्य नेपाल प्रा. लि. ले विभिन्न स्वदेशी अगरबत्ती उद्योगहरुलाई आफ्नो संस्थागत सामाजिक दायित्व अन्तर्गत मंगलदीप अगरबत्ती बनाउन दिई सोको बजार प्रवर्द्धन तथा विक्रि गरी ती उद्योगहरुलाई दिगो एवं सक्षम बन्न मद्दत गरिरहेको जनाएको छ।

साउन २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्