फोटो फिचर

फेस शिल्ड गरेर तेक्वान्दो प्रशिक्षण

फाइल तस्बिर

काठमाडौँ – कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण अहिले विश्वभर खेल गतिविधि ठप्प छन्। नेपालमा पनि खेलकुद गतिविधि ठप्पप्राय छ।

सरकारले लकडाउन अन्त्य भएको घोषणा गरे पनि जोखिम कम भइनसकेका कारण खेल गतिविधिहरु सुचारु भइसकेका छैनन्। सरकारले लकडाउन अन्त्यको घोषणा गरे पनि बढी भिडभाड हुने क्षेत्र बन्द नै रहने जनाएको छ।

यसैबीच कतिपय ठाउँमा खेलाडीहरुलाई सुरक्षात्मक उपायहरु अबलम्बन गर्दै खेल प्रशिक्षणका गतिविधिहरु भने सुचारु हुन थालेका छन्।

खेलाडीहरुको तन्दुरुस्तीलाई ध्यानमा राख्दै लैनचोरको तेक्वान्दो डोजाङले पनि प्रशिक्षण सुचारु गरेको छ। उच्च स्वास्थ्य सावधानी अपनाएर प्रशिक्षण सुचारु गरेको प्रमुख प्रशिक्षक गौरव रजकले बताए। उनले खेलाडीहरुलाई फेस शिल्डको प्रयोग गर्न लगाएर प्रशिक्षण दिइरहेको बताए।

‘सामाजिक दूरी कायम गरेर, फेस शिल्डदेखि अन्य सबै सुरक्षात्मक उपाय अबलम्बन गरी प्रशिक्षण सुचारु गरेका छौँ’, उनले भने । उनका अनुसार बिहान ६ बजेदेखि साढे सात बजेसम्म हरेक दिन भइरहेको प्रशिक्षणमा ३० जना खेलाडी सहभागी छन् ।

उनले मास्क लगाएर प्रशिक्षण गर्दा स्वास फेर्न कठिनाई हुने भएकोले फेस शिल्डको प्रयोग गरिएको बताए ।

देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले कैद गरेका तस्बिरहरु

साउन २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्