काठमाडौँ उपत्यकाका तीनै सिडियो कार्यालयले अत्यावश्यकबाहेक अन्य सेवा बन्द गर्ने, अन्य कार्यालयहरुका काम पनि नियन्त्रित गरिने

काठमाडौँ- काठमाडौँ उपत्यकाका तीनै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका सिडियोहरुसहित तीनै जिल्लाका जिल्ला समन्वय समितिको बैठकले उपत्यकामा आइतबारदेखि सबै सरकारी, गैरसरकारी तथा निजी कार्यालयका कामहरु सम्भव भएसम्म नियन्त्रित गर्ने निर्णय गरेको छ।

जिल्लास्तरीय सीसीएमसीका तीनै जिल्लाका कमिटीहरुबीच काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा शुक्रबार दिउँसो बसेको बैठकले काठमाडौँ उपत्यकामा संक्रमण बढ्दै गएकाले  आइतबारदेखि सबै सरकारी तथा निजी कार्यालयका कामहरु नियन्त्रित गर्ने निर्णय गरेको हो।

सिडियो कार्यालयहरुमा भने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय काठमाडौँ उपत्यकामा सिडियोहरुले गरेका छन्।

काठमाडौँ उपत्यकामा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सरकारले बिहीबारदेखि जोरबिजोरमात्र सवारी साधन सञ्चालन गर्ने निर्णय गरिसकेको छ भने उपत्यकामा बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म आवतजावतमा प्रतिबन्ध लगाउने निर्णयसमेत गरिसकेको छ।

बैठकमा सहभागी एक सदस्यका अनुसार काठमाडौँमा संक्रमण बढ्दै गए र आवागमन तथा हिँडडुलमा नियन्त्रण नभए उपत्यकाको स्थानीय प्रशासनले निषेधाज्ञासम्मको तयारी गरेको छ।

साउन २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू