प्रदेश-१मा ६७ जना कोरोना संक्रमित थपिए

मोरङ-प्रदेश १ को मोरङ, सुनसरी र झापामा कोरोनाभाइरस कोभिड १९ का ६७ जना संक्रमित थप भएका छन् ।

शुक्रबार विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ६४, झापामा २ र सुनसरीमा १ जनामा कोभिड १९ पुष्टि भएको हो। संक्रमण पुष्टि भएका मध्ये १५ महिला र ५२ पुरुष रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले मोरङको विराटनगरमा २४ पुरुष, ८ महिला, रंगेली नगरपालिकामा २३ पुरुष, ६ महिला, बुढीगंगा गाँउपालिकामा २ पुरुष, र कटहरी गाँउपालिकामा १ महिलामा संक्रमण देखिएको हो।

त्यसैगरि, झापाको मेचीनगर नगरपालिका र विर्तामोडमा समान १ पुरुषमा संक्रमण देखिएको छ । मन्त्रालयले सुनसरीको धरान उपमहानगरपालिकामा १ जना पुरुषमा समेत संक्रमण पुष्टि भएको जनाएको छ।

मन्त्रालयले यससंगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय २२ पुगेको प्रष्टाएको छ।

त्यसैगरि, प्रदेशमा शुक्रबार ५ जना संक्रमित पीसीआर नेगेटिभ रिपोर्टसंगै डिस्चार्ज भएका छन्।

उदयपुरको चौदण्डीगढी कोभिड १९ आईसोलेसन केन्द्रबाट ४ र धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १ जना संक्रमित कोरोनालाई जितेर घर फर्किएका हुन्।

डिस्चार्ज हुनेमा उदयपुरका ४ र मोरङका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ९ सय १० पुगेको छ।

साउन २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्