सेञ्‍चुरी कमर्सियल बैँकले ल्‍यायो थ्रीडी सेक्यूर सेवा

काठमाडौं-सेञ्‍चुरी कमर्सियल बैँक लिमिटेडले आइजिलियन्ट टेक्नोलोजिज, इन्डियासँगको सहकार्यमा थ्रीडी सेक्यूर सेवा प्रारम्भ गरेको छ।

सम्झौता अनुसार सेञ्चुरी कमर्सियल बैँकको भिसा डेबिट, क्र्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न र सामान खरीद गर्न मात्र सिमित नभइ अब यि कार्डहरुबाट विभिन्‍न अनलाइन माध्यमबाट पनि सामान खरिद गर्न सकिनेछ।

थ्रिडी सेक्यूर सेवामा ग्राहकहरुले कार्ड प्रयोग गर्दा वान टाइम पासवार्ड आफ्नो आधिकारिक मोबाइल वा ईमेलमा प्राप्त गर्न सक्ने छन्।

साउन २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्