प्रदेश-२ मा एकजना प्रहरी निलम्बनमा

जनकपुरधाम- प्रहरी आचरण विरुद्ध कार्यमा संलग्न रहेका एकजना प्रहरी कर्मचारी निलम्बनमा परेका छन्।

२ नम्बर प्रदेश प्रहरी गण गुल्म नं. ३ जनकपुरधाममा दरबन्दी भई प्रहरी चौकी मोहनपुर सर्लाहीमा कार्यरत प्रहरी सहायक निरीक्षक सुरेश सहनीलाई निलम्बन गरिएको प्रदेश प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक अंशु कुमार सिंहले जानकारी दिए।

सहनीको व्यक्तिगत आचरण तथा व्यवहार नेपाल प्रहरीको व्यवसायिक नीतिविरुद्ध यथेष्ट प्रमाण भेटिएको हुँदा उनलाई प्रहरी सहायक निरीक्षकलाई निलम्बन गरिएको सिंहले बताए।

आर्थिक अनियमिततामा संलग्न भएपछि सहनीलाई निलम्बन गरिएको हो।

साउन २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्