प्रदेश-२ मा ५० सुरक्षाकर्मीसहित १७९ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम- प्रदेश २ मा ५० सुरक्षाकर्मीसहित १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।योसँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ५ सय १४ पुगेको छ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पर्सामा १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए।त्यस्तै सप्तरीमा १८, धनुषामा १०, सर्लाहीमा ९, बारामा ५ र रौतहटमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएकको छ।

पर्सामा वीरगंज महानगरपालिकाका वडा नं. २ देखि २१ सम्मका ४२ जना, खल्ववाटोल, सिरिसिया, वीरगंज वडा नं. २५ का २७ जना, वीरगंज चिनी मिलका ४ जना, वीरगंज कारागारका २ जना, जिल्ला प्रहरी कार्यालय वीरगंजका ४५ जना, नेसनल मेडिकल कलेज वीरगंजका १ जना, पर्सागढी नगरपालिकाका २ जना, श्रीपुर आर्मी ब्यारेकका ५ जना, भेटरिनरी अस्पताल वीरगंजका १ जना, डाउँ नखुलेका ३ जना र तराई होस्पिटलमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै सप्तरीमा राजविराज नगरपालिकामा ६ जना, तिलाठी कोईलाडी गाउँपालिकामा ४ जना, छिन्नमस्ता गाउँपालिकामा ३ जना, महादेवा गाउँपालिकामा ४ जना, रुपनी गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए।

धनुषामा जनकपुरधाम उपमहानगरपालिकामा ७ जना, शहिदनगर नगरपालिकाको क्वारेन्टिनमा २ जना र ठाउँ नखुलेको स्थानका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सर्लाहीमा ईश्वरपुर नगरपालिकाका ६ जना, खानेपानी तथा सरसफाई डिभिजनका १ जना र ठाउँ नखुलेको स्थानका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

बारामा कलैया उपमहानगरपालिकाका १ जना, परवानीपुर गाउँपालिका लिपनीमाईका १ जना, च्युताहा (हाल एनएमसीमा कार्यरत) १ जना, जीतपुर सिमरा उपमहानगरपालिकाका १ जना र परसुरामपुर, बारा (हाल राधेमाई टोल, वीरगंजमा) १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। रौतहटमा ईशनाथ नगरपालिकाका ३ जना र गौर नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको झाले बताए।

त्यस्तै पछिल्लो २४ घण्टामा यस प्रदेशमा ९ महिला सहित ४९ जना निको भएर डिस्चार्ज भएका छन्। यो सँगै यस प्रदेशमा निको हुनेको संख्या ३ हजार ३ सय ४ पुगेको छ भने हाल सम्म २५ जनाको कोरोनाको कारण मृत्यु भएको सामाजिक विकास मन्त्रालय प्रदेश २ ले जनाएको छ।

हालसम्म पर्साका १६ जना, बारा, रौतहट र सप्तरीमा दुई÷दुई जना, धनुषा, महोत्तरी र सिरहामा एक÷एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

साउन २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्