कलैया अस्पतालमा कार्यरत दुई प्रहरीसहित बारामा थप ८ जनामा संक्रमण पुष्टि

पर्सा-साउन २३ पर्सा बाराको कलैया अस्पतालमा कार्यरत दुईजना प्रहरीसहित थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कलैया अस्पतालमा डयुटि गर्ने एक प्रहरी हवल्दार र एक जवानसहित जिल्लामा थप ८ जनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।संक्रमण देखिनेमा कलैया अस्पतालका स्विपरको छोरा पनि रहेका छन्।

अन्य सन्क्रमितमध्ये जिल्लाको परवानीपुर गाउँपालिका-३ लिपनी मालका एक पुरुष ,आदर्श कोतवाल,प्रसौनी गाउँपालिका एक एकजना पुरुष ,कलैया १४ कि एक युवती,वडा नम्बर-१ का एक पुरुषमा समेतमा पनि कोरोना संक्रमण देखिएको छ।

संक्रमण देखिएका सबैलाई कलैयास्थित आइसोलेशनम ल्याउने तयारी भइ रहेको प्रहरी प्रवक्ता मिश्रले जानकारी दिए।

साउन २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्