वीरग‍ञ्‍जमा थप एकजना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु

पर्सा-वीरगन्जमा शुक्रबार थप एकजना पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको छ।

वीरगन्ज ३ छपकैयाका ६५ वर्षका पुरुषको कोरोना संक्रमणले ज्यान गएको हो। उनको मृत्यु पश्चात् उनमा कोरोना संक्रमण पुष्टि भएको हो।संक्रमित ती पुरुषको शुक्रबार बिहान अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा मृत्यु भएको थियो।

उनको स्वाब संकलन गरि नारायणी अस्पतालमा गरिएको पीसीआर परिक्षणमा मृतकमा शुक्रबार साझ कोरोना पुष्टि भएको कोरोना विशेष अस्पताल गण्डकका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए।

मृतक पुरुषलाई ज्वरो आएपछि बिहिवार राती बीरगन्जकै एडभान्स अस्पतालमा लगिएको थियो।

त्यहा उपचार हुन नसक्दा नेशनल मेडिकल कलेजमा लगिएकोमा त्यहाबाट पनि फिर्ता गरिएपछि अस्थायी कोरोना अस्पतालमा भर्ना गरिएकोमा उनको शुक्रबार मृत्यु भएको हो।

साउन २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्