पछिल्लो २४ घण्टामा ३७८ जना कोरोना संक्रमित थपिए, ४९९ जना डिस्चार्ज

काठमाडाैँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ३७८ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार ५ सय ९२ पुगेकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा ४९९ जना डिस्चार्ज भएकाे जानकारी दिए। यससँगै डिस्चार्ज हुनेको कुल संख्या १६ हजार ३ सय १३ पुगेको छ।

पछिल्लो २४ घण्टामा ७ हजार  ७ सय ८८ जनाको पीसीआर परीक्षण गरिएकाे छ।

देशभर सक्रिय संक्रमितको संख्या ६ हजार २ सय ६ रहेकाे छ।  देशभर क्वारेन्टिन १० हजार ७ सय ९२ रहेका छन्।

साउन २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्