शनिबार बाँकेमा थपिए २० जना कोरोना संक्रमित

नेपालगञ्ज– शनिबार बाँकेमा थप २० जना कोरोना संक्रमित थपिएका छन्।

भेरी अस्पताल नेपालगञ्जले जारी गरेको विवरण अनुसार २० जनामध्ये १६ जना नेपालगञ्ज र चार जना कोहलपुरका रहेका छन्। बर्दियाका थप दुई जनामा पनि कोरोना पुष्टि भएकाे छ।

कोहलपुरको ११ नम्बर वडाका तीन जना र वडा नं ५ का एकजना रहेका छन्। नयाँ थपिएका १३ जना पुरुष र ७ जना महिला रहेका छन्।

नेपालगञ्जमा दैनिक संक्रमित थपिदै गएपछि सुर्खेत रोडलाई बाहिर पारेर पुष्पलालचोकदेखि गणेशमानचोक हुँदै बाँकेगाउँ गएर फूल्टेक्रा आर्मी ब्यारेक अगाडिको नहरपुरुवादेखि बसपार्क एरियालाई सील गरिएको छ। जहाँ नेपालगञ्जका बजार क्षेत्र र घनाबस्ती पर्छन्।

बजार एरिया सील गर्नुअघि देखि नै बाँकेमा निषेधाज्ञा जारी रहेको छ। बाँकेमा शुक्रबार ४९ र बिहीबार २८ जना संक्रमित थपिएका थिए।

साउन २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्