अब व्यवसायिक गाडीहरु पनि अनलाइनबाटै खरिद बिक्रीः शशिला मोटर्सको नयाँ सेवा

काठमाडौँ – टाटा मोटर्सका व्यवसायिक गाडी बिक्री वितरणका लागि सिप्रदी ट्रेडिङ प्रा.लि.को आधिकारिक डिलर शशिला मोटर्स प्रा.लि.ले गाडी खरिदका लागि अनलाइन सुविधा दिने भएको छ।

प्रा.लि.ले कोरोना भाइरुसका कारण विशेष सावधानी अपनाउनु पर्ने भएकाले घरमै बसेर आफूले खोजेको गाडी बुकिङ गर्न मिल्ने सुविधाको शुभारम्भ गरेको हो।

यससँगै अब उपभोक्ताले टाटाका व्यवसायिक गाडीहरु सजिलै अनलाइनबाटै खरिद गर्न सक्नेछन् । प्रा. लि.ले www.shasheelamotors.com मार्फत नेपालमै पहिलो पटक यो सेवा सुरु गरेको हो।

यसअघि केही कम्पनीहरुले निजी कार अनलाइनबाट खरिद बिक्री गर्ने गरेको भए पनि व्यवसायिक गाडीहरुमा यस्तो सुविधा थिएन ।

वेबसाइट शुभारम्भ गर्दै सिप्रदी ट्रेडिङ प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले अहिलेको परिस्थितिमा नयाँ गाडी खरिद गर्न तथा पुराना गाडी खरिद बिक्री गर्न यो भर्चुअल शोरूम नेपालको डिजिटल क्षेत्रमा कोशेढुंगा सावित हुने बताए।

शशिला मोटर्सका प्रवन्ध निर्देशक सन्तोष खतिवडाले उपभोक्ताको आवश्यकता र सहजतालाई मध्यनजर गर्दै यो सेवालाई थप परिमार्जित गर्दै लैजाने बताए।

अबको बजार भनेको डिजिटल मार्केट नै भएकाले यसलाई ब्यापक र सर्वसुलभ बनाउँदै लैजानुको विकल्प नभएको उनको भनाइ छ ।

वेब साइट भित्रको Virtual -Showroom मार्फत उपभोक्ताले आफूलाई आवश्यक पर्ने जुन सुकै मोडलका नयाँ, पुराना गाडी सजिलै छान्न सक्नेछन्।

यो सेवा अन्तर्गत टाटाका जुनसुकै मोडलका नयाँ व्यवसायिक गाडीहरु अनलाइनमै बुकिङ गरि खरिद गर्न सकिनेछ। जसमा उपभोक्ताले नयाँ गाडी खरिदको सुविधा बाहेक पुराना गाडी समेत खरिद बिक्री गर्न पाउनेछन्।

आफूसँग भएका पुराना व्यवसायिक गाडी बिक्री गर्न चाहने विक्रेताले गाडीबारे विस्तृत विवरण र फोटो सजिलै वेब साइटमा अपलोड गर्न सक्नेछन्।

शशिला मोटर्सले आफ्नो सम्पर्कमा रहेका पुराना गाडी किन्न चाहने उपभोक्ता र बेच्न चाहने विक्रेताबीच समन्वय गरिदिनेछ भने आफैले पनि पुराना गाडी किन्नेछ।

क्रेताले विक्रेतासँग भएको गाडी प्रत्यक्ष हेर्न चाहेको अवस्थामा समेत कम्पनीले त्यसको ब्यवस्था मिलाइदिनेछ । जसले गर्दा पुराना गाडी किन्न वा बेच्न चाहनेले अन्यत्र कतै भौतारिनु पर्ने छैन।

साउन २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्