गोंगबुमा विभत्स हत्या: सुटकेशमा शव, जेब्रा झोलामा खुट्टा र टाउको

शव भेटिएको स्थानमा देखिएको भिडभाड । तस्बिर : बर्षा शाह/देश सञ्चार

काठमाडौँ – राजधानीको गोंगबुस्थित गणेशस्थान नजिकै बेवारिसे अवस्थाको सुटकेशमा शव फेला परेको छ। सुटकेशबाट रगत बगिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता राजकुमार केसीले सुटकेशभन्दा दुई सय मिटरको दूरीमा जेब्रा झोलामा खुट्टा र टाउको फेला परेको जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हत्या गरिएका व्यक्तिको पहिचान खुल्न सकेको छैन।

अन्दाजी ४५ वर्षका लाग्ने पुरुष व्यक्तिको हत्या भएको प्रहरीले जनाएको छ। शनिबार राति हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ।

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ।

 

साउन २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्