काठमाडौँ उपत्यकामा थपिए ९२ जना कोरोना संक्रमित

काठमाडाैँ– पछिल्लो २४ घण्टामा काठमाडाैँ उपत्यकामा थप ९२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले काठमाडाैँका ९० र ललितपुरका २ जनामा कोरोना पुष्टि भएको जानकारी दिए।

प्रवक्ता डा. गाैतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा काठमाडौँका ४४ र ललितपुरका १ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परिक्षणमा काठमाडौँका १८ जना र पाटन अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ५ जनामा संक्रमण पुष्टि भएकाे हो।

यस्तै स्टार अस्पताल सानेपामा गरिएको परिक्षणमा काठमाडौँका १३ र ललितपुरका १ जना, ह्याम्स अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ८ जना, नेपाल–कोरिया मैत्री अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका १ जना र वीरेन्द्र अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका १ जनामा संक्रमण पुष्टि भएको छ।

साउन २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्